रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
स्वास्थ्य

कुकुरले टोक्नाले बर्सेनि सयभन्दा बढी नेपालीको मृत्यु



स्वास्थ्य   6 पटक पढिएको   अतुल मिश्र   २०७५ जेष्ठ ०३ बिहीवार  

२०७५ साल लागेयता वैशाख तेस्रो सातासम्म कुकुरले टोकेर रेबिज भएकाले तीन जनाको दु:खद मृत्यु भइसकेको छ । राजधानीको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आँकडा हो यो ।

कुकुरले टोक्नाले बर्सेनि सयभन्दा बढी नेपालीको मृत्यु

 यसअघि गत वर्ष कुकुरले टोकेर टेकु अस्पतालमा भर्ना भएका १७ जनाको मृत्यु भएको थियो भने करिब १२ जना रेबिज प्रभावितले उपचार सल्लाह लिए पनि अस्पतालमा नाम दर्ता गराएका थिएनन् ।
तस्बिर साैजन्य : ईन्डिएनएक्सप्रेस डट कम

‘हाम्रो तथ्यांकअनुसार सबैभन्दा बढी कुकुरको टोकाइले वैशाखदेखि साउनसम्म मृत्यु हुने गरेको देखिन्छ,’ टेकु अस्पतालका डा. शेरबहादुर पुन भन्छन्, ‘गत वर्षसमेत वैशाखदेखि असारसम्ममा १० जनाको रेबिजले मृत्यु भएको थियो भने, यो वर्ष वैशाखमै मर्नेको संख्या ३ पुगेको छ ।’

मुलुकमा बर्सेनि सयभन्दा बढी मानिसको रेबिजले मृत्यु हुन्छ भने करिब ५० हजारभन्दा बढी व्यक्ति कुकुरलगायतका जनावरको टोकाइका सिकार हुन्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आकलनअनुसार विश्वव्यापी रूपमा बर्सेनि ५९ हजार मानिसको मृत्यु रेबिजले गर्दा हुन्छ । मानिसमा हुने रेबिजको रोग मध्ये९९ प्रतिशत कुकुरको टोकाइबाट हुने गरेको छ। शंकास्पद बौलाहा जनावरको टोकाइबाट प्रभावित हुने ४० प्रतिशत व्यक्ति १५ वर्षमुनिका बालबालिका छन् ।

यो रोगको विषाणु ०.०००८ मिलिमिटर लामो र ०.००००७ मिलिलिटर व्यास भएको हुन्छ । रेबिजको विषाणु टोकाइ लगायत माध्यमबाट हाम्रो शरीरमा प्रवेश गरेपछि दिनहुँ करिब १२ देखि २४ मिलिमिटरका दरले सर्दै छालामुनिको भित्री तन्तु अर्थात् ‘सबक्युटेनियस टिस्यु’ र मांसपेशी हुँदै हाम्रो गिदी, सुषुम्ना नाडीभन्दा बाहिरका नसाहरूमा पुग्छ । हाम्रो शरीरमा यो रोगको लक्षण रेबिजको विषाणु गिदीमा पुगेपछि देखा पर्छ ।

रेबिज रोग लाग्ने समय केही दिनदेखि, केही महिना हुँदै एक वर्षसम्म पनि हुन सक्छ । तर शरीरमा रेबिजको लक्षण देखिएपछि मृत्युसम्मको अवधि एक दिनदेखि एक सातासम्म हुन सक्छ । ‘हाम्रो अस्पतालमा जनावरको टोकाइको ४ महिनादेखि ७ महिनाको बीचमा रेबिज प्रभावितहरू बढी आउने गरेका छन्,’ डा. पुन भन्छन्, ‘काठमाडौं लगायतका छेउछाउका जिल्लामा कुकुरको टोकाइ बढी देखिएको छ भने तराईमा स्याल, फयाउरोको टोकाइका पीडित प्रभावित बढी छन् ।’

शतप्रतिशत प्राणघातक रोग रेबिजको लक्षण हाम्रो शरीरमा देखिएपछि यसको उपचार सम्भव छैन । रेबिज रोगविरुद्घ दिइने इन्ट्राडर्मल (छालामा) र इन्ट्रामस्कुलर (मांसपेशीमा) दुवै खोप पाखुरामा मात्र लगाइन्छ ।

डब्लूएचओले रेबिजको खोपलाई इन्ट्रामस्कुलर (मांसपेशीमा दिने खोप) बाट इन्ट्राडर्मल (छालामा दिइने खोप) तर्फ लिएर जान वकालत गर्दै आएको छ । छालामा दिइने खोप ६० देखि ८० प्रतिशत सस्तो मात्र नभएर यसमा एक सातामा मात्र उपचार गर्न सकिन्छ ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183175 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top