रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज   
बिशेष

गौर नगरपालिका बनाम बैकुण्ठ पौडेल, कसरी अधिग्रहण हुन्छ राईस मिल मैदान ?



बिशेष   163 पटक पढिएको        

गौर/१६,माघ/ पछिल्लो केहि दिन यता गौर राईस मिल मैदानको प्रसंग पुन तातिएको छ । विभिन्न समाजिक संजालका पाना यति खेर गौर राईस मिल प्रसंग संग भरिएका देखिन्छन् । स्थानिय तहको निर्वाचन अधि लुकेर रहेको यो प्रसंग एक्कासी पुन एकाएक चर्चामा

 आउनुको पछाडिको रहस्य के हो त ? यो सोच्ने विषय रहेको छ, स्थानिय स्तरमा गौर राईस मिल सम्बन्धमा विभिन्न चर्चा परिचर्चा भईरहदा बजार भरी फैलिएको भ्रम चिर्न कोहि पनि खुलेर अगाडि आउन नचाहेको पाईएको छ । गौर राईस मिलबारे चर्चा फैलाउने मुख्यत दुई पक्षका व्यक्तिहरु नै रहेको अहिले सम्म देखा परेका छन् एक स्थानिय तहको निर्वाचनमा पराजय भोगेकाहरु भने अर्को निर्वाचनमा सफल भएका पक्षधरहरु । जे जसो भए पनि बजारभरी फैलिएको भ्रम भन्दा वास्विकता फरक रहेको छ । गौर नगरपालिकाले पटक पटक माथिलो निकायमा गौर राईस मैदानको जग्गा अधिग्रहण गर्न करिब १४ करोड रुपैया निकासा गरिदिन पत्राचार गर्दै आएको छ भने अर्का तिर ६ विग्हा बराबर रहेको सो जग्गा वापत जग्गाधनी कम्पनिले ८० करोड रुपैया मुआवजा दावी गर्ने गरेको छ । गौर नगरपालिकाले निर्णय गरेको रकम र कम्पनिले दाबी गरेको रकम बिच ठुलो रकमको अन्तर रहेकोले यि दुबैका लागी गौर राईस मिल मैदान मिलको पत्थर साबित हुनै लगभग पक्का रहेको छ । सो जग्गाको नगरपालिका कर तिरे वापत पाउने रसिदको पर्खाईमा कम्पनीका सचिव बैकुण्ठ पौडेल दिन्हु गौर नगरपालिकाको चक्कर काटिरहेको सजिलै देखिन सकिन्छ भने सो जगगाको कुनै किसिमको राजस्व नबुझन गौर नगरपालिकाका प्रमुख अजय गुप्ता आफ्ना मातहतका सम्पूर्ण निकाय लगायत हाँगाहरुमा पत्रचार गरी बैकुण्ठको बैकुण्ठ यात्रामा बाध्क बनेका छन् । हाल गौर राईसमिल जग्गाको बिक्रि र अधिग्रहण प्रक्रिया क्रिकेट खेल जस्तै भएको छ । आखिर वर्षौ देखि दुबै बिच जारी रहेको युद्धको टुङ्गो किन लाग्न सकेन त ? के छ भित्री रहस्य ? यर्थात बुझनु जरुरी रहेको छ ।










सम्बन्धित शिर्षक समाचारहरु
  • बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

    रौतहट/२१, मंशिर / गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बिकाश पत्रकारितामा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ l सुमिन्त्रा मिडियाको आयोजनामा सदरमुकाम गौरमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले पत्रकार बिकाशको प्रमुख निगरानी कर्ता रहेको भन्दै सोहि अनुसारको
    समाज
    14     रौतहट अनलाईन
  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    21     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2451952 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top