रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
बिशेष

चन्द्रनिगाहपुर सिटी जेसिसको पदस्थापना



बिशेष   2 पटक पढिएको        

माघ ४, २०७४/ रौतहटको चन्द्रनिगाहपुर सिटी जेसिसको बुधबार चौथो पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सन् २०१८ को लागि अनन्त अधिकारीको अध्यक्षतामा बनेको समितिले पदभार सम्हालेको हो । जेसिसको बिधान अनुसार बर्ष ०१७ का अध्यक्ष मधुसुदन

चन्द्रनिगाहपुर सिटी जेसिसको पदस्थापना

 धितालले बर्ष ०१८ को अध्यक्ष अनन्त अधिकारीलाई पद हस्तान्तरण गर्नु भएको हो । सो पदस्थापना कार्यक्रममा बोल्नुहुदै प्रमुख आतिथी प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले चन्द्रनिगाहपुर सिटी जेसिस समाजिक क्रियाकलापमा गरेको कार्यको प्रशंसा गर्दै अझ सक्रिय भएर लाग्न सुझाव दिनुभयो ।
 चन्द्रनिगाहपुरका युवाहरुको नेतृत्व रहेको सिटी जेसिसलाई अगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यतm गर्नुभयो । बिगतमा स्वास्थ्य शिविर, सरसफाई, शैक्षिक तथा खेलकुद सामग्री बितरण लगायतका कार्य गर्दै आएको उल्लेख गर्दै यस्ता कार्यलाई अझ निरन्तता दिन उहाँले चन्द्रनिगाहपुर सिटि जेसिसलाई सुझाव दिनुभयो ।
 आरोप र प्रत्यारोपको राजनीति बन्द गरेर समाज हुने भाईचारा, बन्धुत्व कायम गर्न सम्बृद्ध बिकासमा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । यता प्रदेश सभा सदस्य धनलाल ठोकरले पनि चन्द्रनिगाहपुर सिटी जेसिसले गरेको कार्यको प्रशंसा गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यतm गर्नुभयो ।
यस्तै चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले नगरको बिकासका लागि जेसिस संग नगरपालिका सहकार्य गरेर अघि बढन तयार रहेको बताउनुभयो ।
 बर्ष ०१८ का अध्यक्ष अनन्त अधिकारीले बोर्डमा मनोनित र जिम्मेबारीको बाडफाँट समेत गर्नु भएको छ । कार्यक्रममा बारा, पर्सा, मकवानपुर, चितवन, सर्लाही, महतोरी र धनुषाका जेसिस प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183115 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top