रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज     कांग्रेसको चियापानमा नेकपा नेता हावी, देउवाले भने : मिलेर जानुपर्छ     केशव स्थापित मन्त्रीबाट बर्खास्त     एन्फाले एएफसीबाट पाउने अनुदान बढ्यो     म्यान्चेस्टर सिटी काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश     जडेजाको जालमा फस्यो वेष्टइण्डिज, भारतले जित्यो सिरिज   
बिशेष

अहिलेको आकासे पानीले महामारी फैलन सक्ने विभागको चेतावनी



बिशेष   82 पटक पढिएको   काठमाडौं संवाददाता   २०७५ आषाढ ०३ आइतवार   

जल तथा मौसम विज्ञान विभागले मनसून सक्रिय नभएसम्म वर्षादको पानी प्रयोग नगर्न सर्वसाधरणलाई सार्वजनिक आव्हान गरेको छ।

अहिलेको आकासे पानीले महामारी फैलन सक्ने विभागको चेतावनी

भारतको राजस्थानबाट धुलो नेपालको पश्चिमी भूभागबाट आँधीको रुपमा प्रवेश गरि पुर्वीय हावासँग मिश्रण हुँदा भएको वर्षामा मानव तथा पशुपंक्षीका लागि पनि हानिकारक रहेको भन्दै वर्षादको पानी प्रयोग नगर्न आग्रह गरेको हो।

मौसमविद् मिन कुमार अर्यालले धमिलो र पहेलो रंगको हिलो मिसिएको पानी कुनै पनि प्रयोजनका लागि उपयुक्त नरहेकाले संकलित पानी फालेर नयाँ पानी प्रयोग गर्न सुझाव दिए। उनले पहेलो र हिलो मिसिएको पानी प्रयोग भएमा महामारी फैलिन सक्ने खतरा औंल्याए।

आकासे पानी संकलन गरेर कृषि, पशुचौपाय अर्थात घरायसी अन्य प्रयोजनमा प्रयोग गर्ने गरिएको छ । भारतको राजस्थान आसपासको मरुभूमिमा चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले पूर्वतिर सर्दै गंगाको फाँटमाथिको वायुमण्डल हुँदै नेपालको वायूमण्डलमा समेत प्रवेश गरेको हुँदा शुक्रबार राती परेको वर्षा पहेलो र हिलो मिसिएको पाईएको उनले स्पष्ट पारे।

उनले अझै केही दिन वर्षाको पानी स्वच्छ नहुने पनि जानकारी दिए। उनले धुलोयुक्त पश्चिमी हावाको प्रवेश कमजोर नेपालको मनसुनी दक्षिण पुर्वी हावाको प्रभाव बलियो भएपछि विस्तारै मौसम सफा हुने बताए।

शुक्रबार साँझ मुलुकका विभिन्न स्थानमा परेको पानी पहेलो र हिलो मिसिएको पाईएपछि सर्वत्र त्रास फैलिरहेको छ।









सम्बन्धित शिर्षक समाचारहरु
  • आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा

    २७ कात्तिक, काठमाडौं । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ ।
    समाज
    35     रौतहट अनलाईन
  • मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने

    २६ कात्तिक, फिदिम । आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको शुरुवात हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो । गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा यही मङ्सिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय
    देश
    36     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2415949 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top