रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
अन्तर्राष्ट्रिय

किमकी बहिनीको ‘जादु’ खोस्न ट्रम्पपुत्री दक्षिण कोरियामा



अन्तर्राष्ट्रिय   68 पटक पढिएको        

फागुन ११ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पुत्री इभान्का ट्रम्प हिउँदे ओलम्पिक समापन समारोहमा सहभागी हुन दक्षिण कोरिया पुगेकी छन्। उनको भ्रमणले दक्षिण कोरिया र अमेरिकाको गठबन्धनलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।


इभान्का ट्रम्प

वरिष्ठ ह्वाइट हाउस सल्लाहकार इभान्का ट्रम्पले राष्ट्रपति मुन जे इनसँग राष्ट्रपति भवनमा डिनर गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि उनले आइतबार प्योङचाङमा हुने ओलम्पिक समापन समारोहमा अमेरिकी टोलीको नेतृत्व गर्नेछिन्।

यसअघि ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुन आइपुगेकी उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले राष्ट्रपति मुनसँग रात्रीभोज गरेकी थिइन्। उनको भ्रमणले दक्षिण कोरियामा सनसनी नै मच्चाएको थियो। उनले मुनलाई प्योङयोङ आएर आफ्नो दाजुसँग शिखर वार्ता गर्न समेत निम्त्याएकी थिइन्।

किम यो जोङ त्यहाँ रहँदासम्म उनी विश्वभरका सञ्चारमाध्यमको आकर्षणको केन्द्र बनेकी थिइन्, जसका कारण अमेरिकी उपराष्ट्रपति माइक पेन्स र जापानी प्रधानमन्त्री सिञ्जो आबेसमेत छायामा परेका थिए। पेन्स र किमबीच तय भएको भेट पनि अन्त्यमा उत्तर कोरियाले रद्द गरिदिएको थियो।

उत्तर कोरियाली नेतृले सिर्जना गरेको यस्तो ‘जादु’ लाई ट्रम्पपुत्रीको भ्रमणले केही हदसम्म निस्तेज पार्ने र अमेरिकी चमक छर्ने अपेक्षा विश्लेषकहरुले गरेका छन्।

दक्षिण कोरिया स्थानीय सञ्चारमाध्यमले पहिलेदेखि नै किम यो जोङ र इभान्का ट्रम्पबीचको समानताबारे टिप्पणी गर्न थालिसकेका छन्।

उत्तर कोरियाले भने समापन समारोहको अवसरमा पूर्व गुप्तचर प्रमुख किम योङ चोललाई पठाउँदै छ। सन् २०१० मा दक्षिण कोरियाली जंगी जहाज डुबाउन जिम्मेवार रहेको आरोप उनीमाथि लगाइएको छ तर दक्षिण कोरियाली सरकारले कुनै एक व्यक्तिलाई जिम्मेवार ठह¥याउन नसकिने बताएको छ। एजेन्सी










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183125 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top