रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
अन्तर्राष्ट्रिय

सरकारविरोधी प्रदर्शनमा इरानमा १० जना मारिए



अन्तर्राष्ट्रिय   46 पटक पढिएको        

एजेन्सी, पुस १७ इरानको सरकारी टेलिभिजनले आइतबार भएको सडक प्रदर्शनका क्रममा १० जनाको ज्यान गएको जनाएको छ। ‘विभिन्न सहरहरुमा गरेर आइतबार रातीको प्रदर्शनमा १० जनाको मृत्यु भएको छ,’ सरकारी टेलिभिजनको भनाइ रोयटर्सले उधृत गरेको छ।

सरकारविरोधी प्रदर्शनमा इरानमा १० जना मारिए


विभिन्न सहरहरुमा बिहीबारदेखि आर्थिक अवस्था, भ्रष्टाचार र अनियमितताको विरोध गर्दै प्रदर्शन आयोजना भएको छ। राष्ट्रपति हसन रुहानीले प्रदर्शनको अधिकार नागरिकलाई भए पनि हिंसा फैल्याउने अधिकार नभएको बताएका छन्। उनले विदेशीको इशारामा प्रदर्शन भएको आरोप पनि लगाएका छन्।

केही प्रदर्शनकारीले देशमा राजतन्त्र फर्किनुपर्ने र अमेरिकामा निर्वासनमा रहँदै आएका पूर्व शाहका छोरा रजा पह्लवीले सत्ता सम्हाल्नुपर्ने माग राखेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आन्दोलनको समर्थन गरेका छन्।

यद्यपि विश्लेषकहरुले प्रदर्शनलाई २००९ को आन्दोलनझैँ दबाइने आशंका व्यक्त गरेका छन्। सो वर्ष भएको आन्दोलनमा ३० जनाको ज्यान गएको थियो।

कतिपयले यो प्रदर्शन साउदी अरबको इशारामा भएको दाबी गरेका छन् र अझ केही आन्दोलन चर्किँदै गए मध्यपूर्वमा अर्को संकट सुरु हुने आशंका गरेका छन्।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183107 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top