रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
अन्तर्राष्ट्रिय

रौतहटका सुवांस एनआरएन अष्ट्रेलियामा पहिलो मधेशी



अन्तर्राष्ट्रिय   13 पटक पढिएको        

प्रभाकर साह । अष्ट्रेलिया, पुस ९ गैर आवासीय नेपाली संघ एनआरएन अष्ट्रेलियाको सल्लाहकार समिति मा पहिलो पटक मधेशी चयन भएका छन् । एनआरएन अष्ट्रेलियाको स्टेट कोअर्डिनेसन कमिटी ९एसिसि०, न्यु साउथ वेल्सको सल्लाहकार समितिमा सुवांस साह चयन भएका हुन् ।

रौतहटका सुवांस एनआरएन अष्ट्रेलियामा पहिलो मधेशी

एनआरएन अष्ट्रेलियाका एससिसिमा यो पदमा चयन हुने सुवांस साह पहिलो मधेशी हुन् । न्यु साउथ वेल्सको स्टेट कोअर्डिनेसन कमिटीको कार्य समिति बैठकले साहलाई सल्लाहकारको रुपमा चयन गरेका हुन् । अष्ट्रेलिया मा रहेको नेपाली समाजमा पुर्याएको योगदानको कदर गर्दै साहलाई सल्लाहकार बनाईएको एनआरएन अष्ट्रेलियाको पत्रमा उल्लेख गरिएको छ । एनआरएनको विधानको दफा २०।२ अनुसार सल्लाहकार बनाईएको साहको कार्यकाल २ वर्षको हुनेछ ।

को हुन् एनआरएन अष्ट्रेलियाका सल्लाहकार सुवांस साह रु. वि.स   २०२९ अषाढ ३ गते  रौतहट जिल्लाको  पिपरा रजवरा गाविसमा पिता किशुनी साह र  माताको धन्मन्ति देवि साहका जेष्ठ पुत्रको रुपमा जन्मेका सुवांस साह सन् १९९९ मा अध्ययनको लागि अष्ट्रेलिया आएका थिए । फेडेरेसन युनिभर्सिटीबाट ईन्फरमेसन टेक्नोलोजि ९क्ष्त्० मा स्नातक गरेका साहले एमबिए पश्चात सोहि युनिभर्सिटीमा व्यवस्थापकका रुपमा सन् २०१२ सम्म कार्यरत रहे ।

 युनिभर्सिटीमा पनि राम्रो कार्य गरे पछि उनी युनिभर्सिटी भाइस चान्सलर अवार्डबाट सम्मानित भए । शिक्षा क्षेत्रमा राम्रो दखल भएका साह सन् २०१२ पछि  भाईब्रेन्ट एडुकेशन एण्ड माईग्रेसन कन्सल्टेन्सीको स्थापना गरेर आफ्नै व्यवसायको सुरुवात गरे । माइग्रेसन क्षेत्रमा दक्षता हासिल गर्न उनले माइग्रेसन ल मा पनि स्नातक गरेका हुन् ।

कम समयमै व्यवसायमा सफलता प्राप्त गरेर चर्चित बनेका उनी सिड्नि स्थित अष्ट्रालेसियन इन्टरनेसनल एकेडमी ९एआइए० मा पनि लगानी गरेका छन् । शिक्षा क्षेत्रमा चर्चित साह समाजिक कार्यमा पनि निकै सक्रिय रहेका छन् । उनि अष्ट्रेलियामा रहेको तराईवासीहरुको संगठन एसोसिएसन अफ नेपाल तराई ईन अष्ट्रेलिया ९एन्टा०का निवर्तमान अध्यक्ष पनि हुन् । उनले सन् २०१० देखि सन् २०१७ नोभेम्वर सम्म एन्टा अध्यक्षको पदभार सफलता पुर्वक सम्हालेका थिए ।
 अष्ट्रेलियामा रहेका करिब आधा दर्जन संघ संस्थामा आबद्ध साह अष्ट्रेलियन एडुकेशन कन्सलट्यान्ट एलायन्सका कोषाध्यक्ष पनि हुन् ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183114 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top