रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज   
पत्रपत्रिकाबाट

गृहमन्त्रीको नजर एनजीओ र आईएनजीओतिर, धर्म प्रचारक संस्था नवीकरण नहुने



पत्रपत्रिकाबाट   205 पटक पढिएको        

काठमाडौँ: राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ) तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था(आईएनजीओ) को अनुगमन र नियमनमा कडाइ गरीने भएको छ । गृहमन्त्रालयमा बिहीबार

गृहमन्त्रीको नजर एनजीओ र आईएनजीओतिर, धर्म प्रचारक संस्था नवीकरण नहुने



गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापासहित दुवै मन्त्रालयका पदधिकारीको बैठकले एनजीओ-आर्इएनजीओको निगरानी बढाउने निर्णय गरेको हो ।

बैठकले सरकारी निगरानी नहुँदा गैससमा विकृति बढ्दै गएको निश्कर्षसहित यसको नियमनलाई तीव्रता दिने निर्णय गरेको हो । हालको नियमनमा कमजोरी रहेको भन्दै अब जिल्ला प्रशासन कार्यालयले समेत नियमन गरी रिपोर्ट पठाउनुपर्ने बैठकमा निर्णय भएको छ ।

बैठकले एनजिओ-आईएनजिओका पदाधिकारीको समेत सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गरी कार्यविधि बनाउने र त्यसलाई कडाइसाथ लागू गर्ने निर्णय गरेको छ ।

पछिल्लो तीन वर्षदेखि दर्ता नवीकरण नभएका एनजिओ-आईएनजिओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र त्यस अवधिमा दर्ता नभए स्वत: खारेज गर्ने समेत निर्णय भएको छ । हाल ४७ हजार एनजिओ र दुई सय बढी आईएनजिओ दर्ता छन् । तर धेरै एनजिओहरुले वर्षौँदेखि दर्ता नवीकरण गरेका छैनन् ।

धर्म प्रचार गर्ने नवीकरण नहुने

भ्रष्टचारमा मुछिएका, राजनीतिक गतिविधिमा संलग्न, धर्म प्रचार जस्ता कार्यमा संलग्न एनजिओ-आईएनजिओको समेत दर्ता नवीकरण नगर्ने निर्णय आजको बैठकले गरेको छ ।

बैठकले ७७ वटै जिल्लाबाट ती जिल्लामा सञ्चालित एनजिओ-आईएनजिओको विवरण र गतिविधि पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । यस्तै समाजकल्याण परिषद्बाट सहमति लिएर गतिविधि गरिरहेका सबै संघ-संस्थाको विवरण पठाउन परिषद्लाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

बैठकमा महिला बेचविखन रोक्नका लागि दुबै मन्त्रालयले सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । यस्तै समाज कल्याण परिषद्को भृकुटीमण्डपसहितको स्थानमा रहेको भवन र जग्गामा वर्षौदेखि बसेका व्यवसायी एवम् संघसंस्थाले भाडाको रकम नतिरेको जानकारी परिषद्का पदाधिकारीले बैठकमा गराएपछि भाडा नतिर्नेहरुलाई हटाउन गृह मन्त्रालयले सहयोग गर्ने निर्णय भएको छ ।

अमेरिका, छिमेकी भारत र चीनमा समेत एनजिओ-आईएनजीओका गतिविधिमाथि अंकुश लगाइएको छ । तर नेपालमा भने यस्ता संघसस्थाले मनपरी गतिविधि गरिरहेका छन् ।









सम्बन्धित शिर्षक समाचारहरु
  • बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

    रौतहट/२१, मंशिर / गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बिकाश पत्रकारितामा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ l सुमिन्त्रा मिडियाको आयोजनामा सदरमुकाम गौरमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले पत्रकार बिकाशको प्रमुख निगरानी कर्ता रहेको भन्दै सोहि अनुसारको
    समाज
    11     रौतहट अनलाईन
  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    19     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2451370 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top