रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
देश

साढे ३३ केजी सुन गायब प्रकरण : एसएसपी दिवेश लोहनी पक्राउ



देश   4 पटक पढिएको        

बैशाख १९ साढे ३३ केजी सुन गायब एवं सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी पक्राउ परेका छन्।

पक्राउ एसएसपी दिवेश लाेहनीमोरङ प्रहरीको पत्रका आधारमा मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङमा हाजिर भएका लोहनीलाई बुधबार पक्राउ पुर्जी थमाइएको हो।

महाशाखामा उनकाे कमाण्डमा रहेका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल यसअघि नै पक्राउ परिसकेका छन्। केसी सुन तस्करी पक्ररणमा पक्राउ पर्ने उच्च अाेहादाका बहालवाला प्रहरी अधिकारी हुन्। याे प्रकरणमा यसअघि पूर्व डिअाइजी गाेविन्द निराैला, एसपी विकासराज खनाल पक्राउ परेका थिए। एसएसपी श्याम खत्री भने फरार छन्।

काठमाडौं प्रहरीले खोजिरहेका शाक्यको शव एकाएक फागुन १८ मा धरानमा फेला पर्याे। अपराध महाशाखाले खटाएका दुई प्रहरीले धरानमा फेला पारेको शाक्यको शव १९ गते विराटनगर पोखरिया कन्यामार्गमा सार्वजनिक गरिएकाे थियाे। अपराध महाशाखाले गरेको यो अनुसन्धानको साइनो साढे ३३ केजी सुन गायब पारिएको प्रकरणसँग सोझै जोडिएको थियो।

यही घटनाकाे छानवीन गर्न मन्त्रिपरिषदले चैत २० गते गृह मन्त्रालयका सहसचिव ईश्वर पाैडेल नेतृत्वमा एक छानवीन समिति गठन गरेकाे थियाे। अपराध महाशाखाले अफ ट्रयाक गएर गरेकाे साे अनुसन्धान सन्देहपूर्ण रहेकाे ठहर गर्दै समितिले त्यसमा संलग्न प्रहरी अधिकारीलाइ कारवाही अघि बढाएकाे हाे।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2270293 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top