रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

प्रधानमन्त्री ओलीविरुद्धको उजुरी सर्वोच्चद्वारा दरपीठ



राजनिति   21 पटक पढिएको   काठमाडौँ संवाददाता   २०७५ जेष्ठ ३१ बिहीवार  

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा गरी अदालतको अवहेलना गरेको दाबीसहित सर्वोच्च अदालतमा पेस भएको निवेदन अस्वीकृत भएको छ।

प्रधानमन्त्री ओलीविरुद्धको उजुरी सर्वोच्चद्वारा दरपीठ

प्रधानमन्त्री ओलीलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दर्ता गर्न खोजेको अवहेलनाको निवेदन मुद्दा महाशाखा प्रमुख सह–रजिष्ट्रार नारायण पन्थीले दरपीठ आदेश लेखी अस्वीकृत गरेका हुन्। 

सह–रजिष्ट्रार पन्थीले गरेको दरपीठ आदेशमा ढुंगेल लगायतका कैदीहरुको कैद मिनाहा गर्ने निर्णय विरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधिन भएकै अवस्थामा अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न नमिल्ने भन्ने उल्लेख छ।

वरिष्ठ अधिवक्ता भण्डारीले सर्वोच्च अदालतको नजीर र विचाराधिन मुद्दा समेत प्रभावित हुने गरी ढुंगेलको कैद मिनाहा गरेर मन्त्रिपरिषद्‍का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको जिकिर गरी निवेदन दर्ताको प्रयास गरेका थिए। वरिष्ठ अधिवक्ता भण्डारीलाई दरपीठविरुद्ध फेरी निवेदन दर्ता गर्ने बाटो भने खुला छ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486743 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top